NRN
महेशले दिने भए अध्यक्ष पदमा उम्मेदवारी

- राजन घिमिरे

यतिबेला महेशकुमार श्रेष्ठ बिभिन्न देशहरूमा रहनु भएका गैह्र आबासीय नेपालीहरू मांझ पुगिरहेका छन । प्रबासी नेपालीहरूका समस्या र उनिहरूको पक्षमा राज्यले बोल्नु पर्ने र गर्नु पर्ने काम अनि पुरा गर्नु पर्ने कर्तब्यका बारेमा छलफल गरिरहेका छन । गैह्र आबासीय नेपालीहरूबाट आएका यस्ता सल्लाह र सुझाबलाई आत्मसात गरेर आफ्नो कार्यकालमा कार्यान्वयन गर्ने उद्देश्य र अठोट उनले लिएका छन ।

गैह्र आबासीय नेपाली संघको बर्तमान उपाध्यक्ष महेशकुमार श्रेष्ठले संघको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन । यसको तयारी र संघका अभियन्ताहरूसंग भलाकुसारी गर्दै अगाडि बढेका उनले युरोप , मध्यपूर्व र अष्ट्रेलिया लगायतका मूलुकमा रहनु हुने एनआरएनए अभियन्ताहरूसंगको भेट , साथ र समर्थन सकारात्मक भएको बताएका छन ।

त्यसो त , पदमा रहंदा होस या नरहंदा नै किन नहोस , महेशकुमारले आफ्नो तर्फबाट निभाएको सामाजिक अभियानको भूमिका र सक्रियताको सधै चर्चा हुंदै आएको छ -‘ संघसंग आबद्द रहंनु भएका र यो संस्थासंग आबद्द नहरंदा पनि सामाजिक अभियानका निमित्त लागि पर्दै आउंनु हुने प्रबासी नेपाली र सामाजिक अभियन्ताहरूको सल्लाह र सुझाब बोकेर नै मैले अध्यक्ष पदमा उठ्ने निधो गरेको हुं । मलाई सधै साथ समर्थन मिलेको र आगामी दिनमा पनि मिल्ने बिश्वास लिएको छु -‘ उनले भने ।

गैह् आबासीय नेपाली संघको आगामी ११ औं महाधिवेशनका लागि अध्यक्ष पदका आकांक्षी श्रेष्ठले आफू आगामी नेतृत्वका लागि जिम्मेवारी लिन उत्साहित रहेको एनआरएन टिभी शो डटकमलाई सुनाए । गैह्र आबासीय नेपाली संघको वृत्तमा शालिन , भद्र र स्वच्छ छविको परिचय बनाएका श्रेष्ठको आगामी अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने चर्चाले बजारमा नयां तरंग पैदा गरेको छ । संघको कोषाध्यक्ष हुंदै हाल उपाध्यक्ष रहेका उनले अध्यक्ष पदमा उम्मेदवारी दिने योजना र तयारीप्रति सर्बत्र सकारात्मक सन्देश प्रबाह गरेको पाईएको छ ।

श्रेष्ठले कोषाध्यक्ष रहंदा संघलाई आर्थिक रूपमा सबल बनाउंनुका साथै वित्तीय सुधारमा गरेको कामको आज पनि प्रशंसा हुने गरेको छ । उनी जापान र नेपालमा सफल ब्यावसायी मानिन्छन् । सफल ब्याबसायीको परिचय बनाएका महेशकुमार श्रेष्ठले हाईड्रो, बैंकिङ, रेमिट्यान्स, कृषि, आईटी, इन्सुरेन्स, आयात–निर्यात, भौतिक पूर्वाधारलगायत बिभिन्न व्यवसायिक क्षेत्रमा आफ्नो दह्रो उपस्थिति जनाउंदै आएका छन । हल्ला र चर्चा भन्दा पनि काम, कर्तब्य र आफूले निभाउंनु पर्ने भूमिका अनि पुरा गर्नु पर्ने कर्तब्यप्रति सजग रहंदै आएका श्रेष्ठको उम्मेदवारीलाई लिएर यतिबेला सही पद सही ब्यक्तित्वको रूपमा चरितार्थ गर्न थालिएको छ । - ‘ कोषाध्यक्ष हुँदा उहांले संघको सचिवालयमार्फत् हुने आय ब्यय ३–३ महिनामा सार्वजनिक गरेर राम्रो काम गर्नु भेएको थियो ।

सस्थालाई कहिले पनि बिबादमा ल्याउनु हुन्न र यस्तो सस्था बिबादरहित हुनु पर्छ भन्ने उहांको धारणा र बिचारको सबैले खुलेर प्रशंसा गर्ने गरेका छन -‘ महेशकुमारको बारेमा उनीसंग सहकार्य गरेका अनआरएनए अभियन्ताहरू यस्तो धारणा राख्छन -‘ । कोषाध्यक्ष पदमा उम्मेदवारी दिँदा संघको आर्थिक व्यवस्थापनलाई पारदर्शी बनाउन गरेको प्रतिबद्धता पूरा गरेका उनले बोली र व्यवहारमा देखाएको कटिबद्दताले देखाएको परिणाम सांच्चै उल्लेखनीय रहेको थियो । उनलाई सबैलाई समेटेर अनि सबै बर्ग, तह, तप्काका साथै बिबिध पेशा र क्षेत्रमा लागेकाहरूलाई संगठित गर्दै सबै पक्षसँग समन्वय र सहकार्य गर्न सक्ने गजबको क्षमता र दक्षता भएको ब्यक्तिको रूपमा लिईंने गरिन्छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update