मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विनिमय दर सार्वजनिक गरेकाे छ । राष्ट्र बैंकले सार्वजनिक गरेकाे दर अनुसार आज अमेरिकी डलरसँगै युरोपियन युरो र अष्ट्रेलियन डलरको मूल्य बढेको छ।
अघिल्लो दिनको तुलनामा ५ पैसा बढेर राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ १० पैसा र बिक्रीदर १३२ रुपैयाँ ७० पैसा कायम गरिएको छ भने सोमबार एकको खरिददर १४२ रुपैयाँ २८ पैसा र बिक्रीमा १४२ रुपैयाँ ९३ पैसा तोकिएको युरोपियन युरो आज एकको खरिदमा भने १४२ रुपैयाँ ७२ पैसा र बिक्रीमा १४३ रुपैयाँ ३७ पैसामा काराेबार भइरहेकाे छ ।
यस्तै, अघिल्लो दिनको तुलनामा २२ पैसा बढेर अष्ट्रेलियन डलर आज एकको खरिदमा आज ८५ रुपैयाँ ४२ पैसा र बिक्रीमा ८५ रुपैयाँ ८१ पैसा ताेकिएकाे छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ १६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ६० पैसा पाइन्छ।
त्यसैगरी, पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६३ पैसा तोकिएको छ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३८ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४० पैसा पाइन्छ।
मंगलबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ४० पैसा र बिक्रीमा ४३० रुपैयाँ ३४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ४१ पैसा र बिक्रीदर ३५२ रुपैयाँ तोकिएको छ।
त्यस्तै, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ ३८ पैसा र बिक्रीमा २८ रुपैयाँ ५१ पैसा पाइन्छ।