NRN
करिब डेढ किलो चरेससहित चार जना पक्राउ

करिब डेढ किलो लागूऔषधसहित चार जना पक्राउ परेका छन् । कैलालीको घोडाघोडी नगरपालिका–५ को देउकलियाबाट करिब डेढ किलो लागूऔषध चरेससहित चार जना पक्राउ परेका हुन् ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र इलाका प्रहरी कार्यालय सुखडको टोलीले एक किलो तीन सय ग्राम चरेससहित उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–१० बस्ने ४८ वर्षीय नरबहादुर घिमिरे, ३१ वर्षीय थानेश्वर घिमिरे, कञ्चनपुरको भीमदत्त नगरपालिका–१ बस्ने २९ वर्षीय सागर बस्नेत र कृष्णपुर नगरपालिकाका ३६ वर्षीय चन्द्र नेपाली रहेका छन् ।प्रहरीले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update