NRN
‘५५ औँ एसियन शारीरिक सुगठन’ : विशाल पौडेल र सनम मुलगुठीलाई स्वर्ण पदक

काठमाडौँमा जारी ‘५५औँ एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस च्याम्पियनसिप’ मा विशाल पौडेल र सनम मुलगुठीले नेपालका लागि स्वर्ण पदक जितेका छन् । 

च्याम्पियनसिपमा भारतका कुमार अनिललाई पछि पार्दै विशालले ७५ केजीभन्दा माथिको तौल समूहमा स्वर्ण पदक जितेका हुन् । उक्त स्पर्धामा थाइल्यान्डका बालान्कन पठानसिरावतले कांस्य पदक जिते । 

महिला स्विम सुट फिजिक खुला विधातर्फ हङ्कङ चाइनाकी मा सिन यीलाई पछाडि पार्दै सनमले स्वर्ण पदक जितिन् ।  दक्षिण कोरियाकी किम सोयुनले कांस्य पदक जितिन् ।

नेपालका लागि पदक दिलाउने क्रममा पुरुष ५५ केजीमा सुरेश दुवालले रजत हात पारे । उनले भियतनामका बुइ दाक फि भुसँग संग पछाडि परेका थिए । उक्त स्पर्धामा मलेसियाका अज्री विन अस्मत सेफ्रिले कांस्य पाए ।

६० केजी तौल समूहमा स्पर्धामा नेपालका अश्मिनबाबु गरुङले रजत र कमल भण्डारीले कांस्य पदक पाए । उक्त स्पर्धामा थाइल्यान्डका जिराफन पोङ्कामले स्वर्ण पदक जिते ।

च्याम्पियनसिपमा १७ राष्ट्रका एक सय ६८ पुरुष र ६८ महिला गरि दुई सय ३६ खेलाडीले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गरिरहेका छन् । च्याम्पियनसिपमा नेपाल सहित भुटान, चीन, हङ्कङ चीन, भारत, काजाकस्तान, मकाउ चाइना, माल्दिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाइल्याण्ड, ताजकिस्तान, उज्वेकिस्तान र भियतनामका खेलाडीको सहभागिता रहेको छ । शारीरिक सुगठनको इतिहासमा नेपालमा पहिलोपटक यति ठुलो प्रतियोगिता भएको हो । 

च्याम्पियनसिपको पहिलो दिन पुरुष जुनिय शारीरिक सुगठन ७५ केजीसम्म र ७५ केजीमाथि, पुरुष ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, महिला जुनियर फिटनेस फिजिक २१ वर्ष, २१ वर्षीमुनि, महिला फिटनेस फिजिक १६५ सेमीसम्म, १६५ सेमीमाथि, महिला टिनेज एथलेट फिजिक १५-१८ वर्ष, महिला स्विम सुट खुला, महिला जुनियर मोडल फिजिक २१ वर्षमुनि, पुरुष मास्टर्स शारीरिक सुगठन ४० देखि ४९ वर्ष, ५० देखि ६० वर्ष र ६० वर्षमाथि गरि १५ विधामा प्रतिस्पर्धा भएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update