प्रहरीले क्रिप्टो(Binance) कारोबारमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।
सिन्धुपाल्चोक वलेफि गाउँपालिका-३ हाल बुढानिलकण्ठ नगरपालिका-४ पासिकोट बस्ने २७ वर्षीय पुरूषोत्तम कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा सेलर ग्रुपमा आवद्ध भई Binance ID खोली USDT (क्रिप्टो) खरिद बिक्रीको लागि सम्झौता गरी विभिन्न व्यक्तिहरूको Binance ID $ 3,726.98 (USDT) बराबरको राखी सोही Binance ID बाट विभिन्न व्यक्तिहरूकाे बैंक खाता लगायत वालेटहरूमा रकम ट्रान्सफर गरी क्रिप्टो कारोबार गरेको भन्ने सूचनाको आधारमा अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न कार्कीलाई पक्राउ गरेको हो ।
कार्कीलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।