NRN
इंग्लयाण्डको बुकायो साका लगातार दोस्रो वर्ष खेलाडी

इंग्लयाण्डको बुकायो साका लगातार दोस्रो वर्ष खेलाडी घोषित भएका छन् । मंगलबारबाट २२ वर्ष लागेका आर्सनलका विंगरले सपोर्टरको मतका आधारमा २०२१-२२ मा जितेको अवार्डलाई फेरि जित्न सफल भएका हुन् ।मिडफिल्डर जुड बेलिङहम दोस्रो र ह्यारी केन तेस्रो स्थानमा रहे ।

साकाले ओल्ड ट्राफोर्डमा नर्थ मेसोडोनिया विरुद्ध ७-० को जितमा करियरकै पहिलो ह्याट्रिक गरेका थिए ।साकाले इंग्ल्याण्डका लागि १० खेल खेल्दै ७ गोल गरेका हुन् ।साकाले गत सिजन आर्सनलमा गरेको प्रदर्शनका आधारमा पीएफए युवा वर्ष खेलाडीको अवार्ड समेत जितेका थिए ।

युरो २०२४ छनोट अन्तर्गत युक्रेन विरुद्धको खेल र स्कटल्याण्ड विरुद्धको मैत्रीपूर्ण खेलका लागि साका ग्यारेथ साउथगेटको इंग्लिस टिममा समावेश छन् ।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update