NRN
शकुन्तला कार्कीको इजलासमा लामिछानेको मुद्दा

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ बिहीबार काठमाडौं जिल्ला अदालतमा हुँदैछ। न्यायाधीश शकुन्तला कार्कीको इजलासमा लामिछानेको मुद्दाको सुनुवाइ हुन लागेको हो। 

कार्कीको इजलासमा तेस्रो नम्बरमा सन्दीपको मुद्दाको पेशी रहेको छ।

लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता बलात्कार मुद्दा फैसलाका लागि बिहीबारलाई पेसी तोकिएको छ। 

कार्कीको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ हुन लागेको हो। बिहीबार अन्तिम बहस सकिएमा फैसला आउने सम्भावना छ। 

जिल्ला अदालतको थुनछेक आदेशबाट थुनामा गएका सन्दीपलाई पाटन उच्च अदालतले धरौटीमा छाडेको थियो।

सर्वोच्च अदालतले उनलाई सशर्त विदेश भ्रमणका लागि अनुमति पनि दिएको थियो। 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update