प्रतिनिधि सभाको बैठक आज बस्दै
संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा ४ मन्त्रीहरूसँग प्रश्नोत्तर गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
आज (बिहिबार) कृषि तथा पशुपन्छी विकास, श्रम रोजगार तथा सामाजिक सुरक्षा, अर्थ र उर्जा तथा सिँचाइ मन्त्रालय सम्बन्धी प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय महिला आयोगको १५ औँ वार्षिक प्रतिवेदन '२०७८ श्रावणदेखि २०७९ आषाढ मसान्तसम्म' पेस गर्नेसमेत कार्यसूची रहेको छ ।
यसअघि गत सोमबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए ।
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८० ११:५६
प्रतिक्रिया दिनुहोस्