NRN
महामन्त्री गगन थापाको प्रश्न : के हामीले एक्लै हिँड्न नमिल्ने भएको हो?

सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब काठमाडौंमा एक्लै हिँड्न नमिल्ने हो भनेर सरकारलाई प्रश्न गरेका छन् ।

आज प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको भएको आक्रमणको विरोध गर्दै उनले यस्ताे प्रश्न गरेका हुन्। यादवमाथि भएको भएको सांघातिक हमलाबारे सरकारले जवाफ दिनुपर्ने पनि बताएका हुन् ।

उनले दिनदहाडै काठमाडौंमै कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार हुनु सामान्य घटना नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

के हामीले एक्लै हिँड्न नमिल्ने भएको हो?,‘कसैलाई मन नपर्ने कुरा बोल्दैमा सांघातिक आक्रमण गर्ने कुरालाई जायज ठहर्‍याउन सक्छ?’ थापाले भने,‘कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ,’ ‘काठमाडौंमा संविधानसभाको सदस्य भएको व्यक्ति सार्वजनिक कार्यक्रममा सहभागी भएर आउँदै गर्दा उ सुरक्षित छैन भने प्रधानमन्त्री र गृहमन्त्रीलाई यो विषयले पोल्नु पर्छ कि पर्दैन?’

विभिन्न कार्यक्रमहरूमा प्रधानमन्त्री र गृहमन्त्रीले ठूला ठूला भाषण मात्रै गरेर नहुने थापाको भनाइ छ। उनले असन्तुष्टीलाई सम्बाेदन गर्ने भन्दा पनि असन्तुष्टलाई भजाएर अराजकता मच्चाउने पहलकदमी भइरहेको यत्रतत्र भइरहेकाे देखिरहेकाे पनि बताए। थापाले भन्छन्,‘त्यस्तो भयो भने नेपाली समाजले ठूलो मूल्य चुकाउन पर्छ,’।

‘यसलाई छाडिने छैन । यस्तो गरिनेछैन भनेर सुन्दै आएको छ। जिम्मा लिनेले धेरै बोल्ने होइन, गरेर देखाउने हो,’ उनले भने।  

सांसद थापाले कान्ती बाल अस्पतालमा उपचारका लागि लाइन बस्दा बस्दै बच्चाको मृत्यु भएको घटनाको पनि सत्यतथ्य छानबिन गर्न  माग गरे।   

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update