NRN
गणेश केसीको बिगत त्यस्तो, साथ र समर्थन सबैबाट यस्तो ?

- राजन घिमिरे

एनआरएनएको आसन्न ११ औं महाधिवेशनमा हालका सफल आइसिसि उपमहासचिव गणेश केसीले केही दिनमै एजेण्डा सहित औपचारिक रुपमा आईसिसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेको बताएका छन् ।

एनआरएनए भित्र चर्चित र लोकप्रिय अनुहार साथै इमानदार र शालिन व्यक्तित्वको छबिले ओतप्रोत केसी आफैँ पनि सबल, सक्षम अनि अब्बल मानिन्छन् । विगत लामो समयदेखी एनआरएनए अभियानमा सक्रिय गणेश केसी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् ।

विश्वका विभिन्न देशहरमा पुगेर गैर आवासीय नेपालीहरुको भावनालाई नजिकबाट नियालेका केसीले गैर आवासीय नेपाली संघको लागि निकै नै महत्वपूर्ण योगदान दिदै आएका छन् । सन् १९९५ देखि अस्ट्रेलियालाई कर्मभूमि बनाउँदै आएका केसीले सन् २००१ मा एनएडिएफको नेतृत्व गर्दै सामाजिक क्षेत्रमा आफ्नो आबद्धता शूरु गरेका थिए ।

त्यसपछि उनले सामाजिक अभियानलाई निरन्तरता दिने क्रममा आफ्नो यात्रा निरन्तर रुपमा अगाडि बढाउदै आए र सन् २००५ मा एनआरएनए संस्थापक साधारण सदस्य हुँदै सन् २००७ –२००९ को कार्यकालमा एनआरएनए अष्टेलियाको कार्यकारी सदस्य, सन् २००९–२०११ मा उपाध्यक्ष र सन् २०११–२०१३ मा एनआरएनए अस्ट्रेलियाको अध्यक्ष , २०१३–२०१५ मा अन्तराष्ट्रिय समन्वय परिषद् आइसिसी सदस्य भएका केसी २०२१-२०२३ एनआरएनए आईसीसीका उपमहासचिव हुँदै हाल एनआरएनए व्यावसायिक शिक्षा ग्लोबल कमिटीका प्रमुख बन्न उनी सफल भएका थिए ।

सरल र सहृदयी भावना भएका केसीले आफ्नो काममा प्रतिबद्ध भएर लाग्दै एक पछि अर्को नयाँ नयाँ कामहरु गरेकै कारण उनले सबैको मन जित्न सफल भएको उनलाई नजिकबाट चिन्नेहरु बताउछन् । अष्टेलियामा रहनु हुने नेपालीहरुको विश्वास जित्दै मत परिक्षणबाट आफुलाई एनआरएनए भित्र स्थापित गर्न सफल केसीले आफ्नो कार्यकालमा महापुराणबाट संकलित एक करोड पचास लाख बराबरको सामाजिक कल्याणकारी कोषको स्थापना गर्दै अष्टेलियाबासी नेपाली समुदायको लागि ठूलो योगदान दिएका थिए ।

सातौ ओशिनिया क्षेत्रीय सम्मेलन भब्य र सभ्य रुपमा सिड्नीमा सम्पन्न गराउँदै एनआरएनएले अगाडी बढाएको हाईड्रो कलेक्टिभ इनभेष्टमेन्ट अन्तर्गत २७ करोड रुपैयाँ अस्ट्रेलियाबाट संकलन गर्न पनि उनी सफल रहे । पदमा रहँदा होस् या नरहँदा नै किन नहोस् ? सामाजिक कार्य र अभियानलाई अगाडि बढाउँदै यात्रा गरिरहेका केसीलाई एनआरएनएको भवन निर्माणको लागि आर्थिक संकलन अभियान अगाडी बढाउन ओशिनिया क्षेत्रको संयोजकको जिम्मेवारी दिईएको थियो ।

एनआरएनएको केन्द्रीय भवन निर्माणको लागि ओशिनिया क्षेत्रको जिम्मेवारी आएसँगै केसीले अह्रोरात्र खटिदै भवन निर्माणमा २ करोड रुपैयाँ संकलन गर्न सफल भएका थिए ।

त्यसैगरि उनी मलेसियामा सामाजिक कल्याणकारी कोष स्थापनाको लागि भएको आर्थिक सहयोग संकलन अभियानमा करिव १ करोड रुपैयाँ जम्मा गर्न पनि सफल रहे । एनआरएनएको भवन निर्माण, नेपालमा भूकम्प, नाकाबन्दी र कोरोना महामारीमा केसीले मातृभूमीप्रति सेवाभाव दर्शाउदै आएका छन् ।

कोरोना महामारीमा विभिन्न स्वास्थ्य सामाग्री सहयोग र कोभिड कोषमा रकम जम्मा गर्ने जस्ता मानवीय कार्यमा पनि केसी सक्रिय रहे ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update