NRN
प्रधानमन्त्री : विधेयकमा ट्रेड युनियन अधिकारबारे व्यवस्था यथावत् नै राखिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले निजामती सेवा विधेयक मन्त्रिपरिषदबाट पारित गरेर संघीय संसदमा दर्ता गर्ने निर्णय भइसकेको बताएका छन्।

प्रधानमन्त्री प्रचण्ड'ले शुक्रबार २० औं निजामती सेवा दिवस २०८० का अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनको उक्त विधेयकमा ट्रेड युनियन अधिकारबारे व्यवस्था यथावत् नै राखिएको भनाइ छ।

प्रधानमन्त्री 'प्रचण्ड'ले भने, ‘यहाँ ट्रेड युनियन अधिकारको कुरा पनि उठ्यो, हामीले अहिले भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन गरिएको छैन।’

मन्त्रिपरिषदको बिहीबारको बैठकले संघीय निजामती सेवा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको थियो।प्रधानमन्त्री 'प्रचण्ड'ले राजनीतिक दलहरूको सहमतिबाट संसदले निजामती सेवा विधेयक छिटो पारित गर्ने विश्वास लिएको  बताए।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update