NRN
शुक्रबारको विनिमय दर सार्वजनिक, कुन मुद्राकाे कति ?

नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ २६ पैसा र बिक्रीमा १४२ रूपैयाँ ९१ पैसातोकिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६५ रूपैयाँ ६१ पैसा र बिक्रीदर १६६ रूपैयाँ ३६ पैसा पाइन्छ।

यस्तै, अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४४ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ २९ पैसा र बिक्रीमा ९७ रूपैयाँ ७३ पैसा पाइन्छ। अष्ट्रेलियन डलर  भने एकको खरिदमा आज ८४ रूपैयाँ ८२ पैसा र बिक्रीमा ८५ रूपैयाँ २० पैसा तोकिएको छ।

त्यसैगरी, शुक्रबार युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ३९ पैसा र बिक्रीमा २८ रूपैयाँ ५२ पैसा पाइन्छ।

यस्तै, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५८ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६० पैसा पाइन्छ। 

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ९७ पैसा तोकिएको छ।शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ६६ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ६० पैसा पाइन्छ। 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update