NRN
सरोज खनालको बगान अमेरिकामा 
  •  राजन घिमिरे 

यतिबेला अमेरिकाको भ्रमणमा रहेका कलाकार सरोज खनालको निर्देशन रहेको चलचित्र बगानको अमेरिकाको भर्जिनियामा प्रदर्शन भएको छ । 

 उच्च अभिनयको मामिलामा सबैको प्रिय बनेका खनालले निर्देशन गरेको यो पहिलो चलचित्र हो । भर्जिनियामा यो चलचित्र हेरेपछी दर्शकहरूले चलचित्र उत्कृष्ट लागेको प्रतिक्रिया दिएका छन -‘ चलचित्रको अन्तिम समयको दृश्य र संवादले भावुक बनायो  । त्यो दृश्य हेरेपछी आँखा भरि आँसु आयो-‘ चलचित्र हेरेपछी दर्शकहरूको प्रतिक्रिया यस्तो थियो

चलचित्रको कथा वस्तु उत्कृष्ट र कलाकारहरूको अभिनय उत्तिकै बेजोड भएको दर्शकहरूले बताए । दर्शकहरूले अभिनेत्री करिश्मा मानन्धरको अभिनयको खुलेर प्रशंसा गरे ।  समग्रमा सरोज खनालद्वारा निर्देशित पहिलो चलचित्र बगानमा उत्कृष्ट रहेको दर्शको प्रतिक्रिया थियो । चलचित्रका निर्माता सुरेश वाग्ले ।

अल्पायुमै बिधुवा भएकी आमाले आफ्ना सन्तानप्रतिको दर्शाएको माया र दायित्व अनि सन्तानला पालना गर्नुपर्ने कर्तव्यलाई चलचित्रले मूल बिषय बनाएको छ । पारिवारिक र सामाजिक बिषय उठान गरेको  यो  चलचित्रमा निर शाह ,वसुन्धरा भुसाल, मिथिला शर्मा ,करिस्मा मानन्धर ,सरोज खनाल, आकाश श्रेष्ठ, प्रमीला कार्की लगायतको अभिनय रहेको छ -‘ यो मेरो पहिलो प्रायस हो । हाम्रो समुहलाई हौसला र हामीलाई उर्जा दिन उपस्थिति सबैमा हार्दिक आभार प्रकट गर्दछु -‘ चलचित्रका निर्देशक सरोज खनालले भनेका थिए ।

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update