NRN
कोशी प्रदेश सरकारले ल्यायाे बजेटसम्बन्धी अध्यादेश

आज कोशी प्रदेश सरकारले बजेटसम्बन्धी अध्यादेश ल्याएको छ । दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका हुन् ।

सरकारले सिफारिस गरेका कोशी प्रदेश आर्थिक अध्यायदेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गरेका हुन् ।

यसअघि कार्की नेतृत्वको सरकारले नै गत जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो । प्रदेशमा बजेट साे अध्यादेश निष्क्रिय भएका कारण शून्यको अवस्था थियो । बजेट शून्यको अवस्था पुन: अध्यादेश जारीभएसँगै सकिएको छ ।

मुख्यमन्त्री कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनले सोही दिनको बैठकबाट अध्यादेश ल्याउने निर्णय गरेका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update