ललिता निवास प्रकरण : भाटभटेनी सञ्चालक गुरूङलाई दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश
ललिता निवास प्रकरणमा काठमाडौं जिल्ला अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई धरौटीमा छाड्न आदेश दिएको छ। आज नै यस प्रकरणमा थुनछेक बहस गर्दा उनीसँग दुई करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको हाे।
न्यायधीश भोलानाथ ढकालको एकल इजलासले आइतबार उक्त थुनछेक आदेश गरेको हो। एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटीमा मागिएको छ।
सरकारी वकिल कार्यालय काठमाडौंले ललिता निवास प्रकरणको मुद्दा भदौ १० गते दर्ता गरेको थियो। सरकारी कागजात किर्ते गरेको कसुरमा मुद्दा दायर भएको थियो।
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८० १६:४१
प्रतिक्रिया दिनुहोस्