२६ लाख नगदसहित नेपाल सरकारका एक कर्मचारी पक्राउ
बाँकेको नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई पक्राउ गरेकाे छ । प्रहरीले पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेको जनाएको छ ।
विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलोमात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई आज बिहान नियन्त्रणमा लिएको हो । सापकोटासँगै अर्का एक जना व्यक्ति पनि रहेका थिए । उनी भने फरार भएका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जमा उनलाई थप अनुसन्धानका लागि बुझाइएको छ।
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८० ११:११
प्रतिक्रिया दिनुहोस्