NRN
स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले अन्तत : २० दिनपछि दिए राजीनामा

महिला विश्वकप २०२३ को फाइनलपछिको समारोहमा स्पेनकी फरवार्ड जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेको भन्दै आलोचना भएपछि स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले अन्तत : २० दिनपछि राजीनामा दिएका छन्।किस प्रकरणमा फसेका अध्यक्ष लुइसले आफुले आफ्नो काम गर्न नसक्ने उल्लेख गर्दै राजीनामा दिएका हुन् ।

चुम्बनका कारण स्पेनी फुटबल विवादित बनेपछि इंग्ल्यान्डलाई हराएर विश्व विजेता बनेको स्पेनिन महिला टिमको सफलता छायाँमा पारेको थियो। 

फुटबलको विश्व प्रशासनिक निकाय फिफाले रुबियालेसले चुम्बन "आपसी र "सहमति" भएको दाबी गरे पनि अस्थायी रूपमा उनलाई निलम्बन गरेको थियो।

स्पेनिस फरवार्डमाथि यौन दुर्व्यवहार र जबरजस्ती गरेको अध्यक्षमाथि आरोप लगाइएको छ। स्पेनको कानुन अनुसार यौन दुर्व्यवहारको आरोपमा जरिवानादेखि चार वर्षसम्मको जेल सजाय हुन सक्छ।

यो विवादपछि उनलाई फिफाले अनुशासनको कारवाही गर्दै ९० दिनको प्रतिबन्ध समेत लगाएको थियो तर पनि लुइसले आफुले गल्ति नगरेको भन्दै राजीनामा नदिने अडान लिएका थिए ।

अन्तत: उनले आफ्नी छोरीसँग कुरा गरेपछि राजीनामा  दिने निर्णयमा पुगेको बताएका हुन् ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update