अमेरिका भ्रमणमा जाने टोलीको आकार सानो बनाउन मुख्य सचिवलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका भ्रमणमा जाने टोलीको आकार सानो बनाउन निर्देशन दिएका छन् ।
भ्रमणको एजेण्डाबारे परामर्श लिन बोलाइएको बैठकमा भ्रमण दलको संख्या धेरै भएको भन्दै प्रश्न उठेपछि प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिव र सल्लाहकारहरु गरी २४ जनाको टोलीकाे संख्या घट्ने भएको हाे ।
प्रधानमन्त्री प्रचण्डले भ्रमण टोलीको आकार घटाउन मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई निर्देन दिएको स्रोतले बताएको छ ।
प्रधानमन्त्री प्रचण्ड आगामी भदौ २९ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदैछन् ।
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८० १५:२१
प्रतिक्रिया दिनुहोस्