कांग्रेसले गर्यो नेम्वाङको निधनपछि बिपी साहित्य महोत्सव स्थगित
नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव स्थगित गरेको छ। संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण नेपाली कांग्रेसले चलिरहेको बिपी साहित्य महोत्सव स्थगित भएको हाे।
केन्द्रीय कार्यालय सानेपामा आइतबारदेखि बिपी साहित्य महोत्सव भइरहेको थियो।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिपी साहित्य महोत्सवका आजका सबै कार्यक्रम स्थगित गरिएको छ।
संविधानसभाका तत्कालीन अध्यक्षसमेत रहेका नेकपा एमालेका नेता, प्रतिनिधि सभा सांसद सुवास नेम्वाङको गए राति निधन भएको थियो। पार्टीले एक विज्ञप्ति जारी गर्दै उक्त महोत्सवअन्तर्गत आजको कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ।
बिपी साहित्य महोत्सव भदौ २४ गतेदेखि भदौ २६ गतेसम्म निर्धारण गरिएको थियो।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० ११:४४
प्रतिक्रिया दिनुहोस्