NRN
एनआरएनएको ओसेनिया क्षेत्रीय संयोजकमा दिनेशकुमार पोखरेलको उम्मेदवारी

- राजन घिमिरे

कदले मात्र होइन, सोच, उद्देश्य, ब्यबहार र सामाजिक अभियानमा सक्रियताको पाटोले पनि दिनेश कुमार पोखरेलको उचाई अग्लो नै छ ।

लामो समयदेखी गैर आवासीय नेपाली संघसँग आबद्दता जनाउँदै हाल अष्ट्रेलिया बस्दै आएका व्यवसायी तथा सामाजिक अभियन्ता दिनेशकुमार पोखरेलले गैर आवासीय नेपाली संघ (एन आर एन ए) को ओसेनिया क्षेत्रीय संयोजक पदको लागि उम्मेदवारी घोषणा गरेका छन् ।

झापाको कनकाई नगरपालिका १ दुर्गापुरका स्थायी वासिन्दा पोखरेलले पदमा रहँदा होस् या नरहँदा नै किन नहोस् ? गैर आबासीय नेपाली संघसँग हातेमालो गर्दै सामाजिक अभियानमा आफूलाई आबद्द गराउँदै नेपाली समाजको हितको पक्षमा गरेको काम र निभाएको कर्तब्यको आज पनि चर्चा हुने गरेको छ ।

पोखरेलले गैर आवासीय नेपाली संघ (एन आर एन ए) अष्ट्रेलियाको प्रवक्ता सन् २०१३-२०१५, एन आर एन ए अष्ट्रेलिया उपाध्यक्ष र न्यू साउथ वेल्स राज्य संयोजक २०१५-२०१७, नेपाल फेस्टिभल सिड्नी ससंयोजक २०१५ - २०१७, एन आर एन ए सोसियल वेलफेयर फण्ड संयोजक २०१७-२०१९, एन आर एन ए अष्ट्रेलिया सल्लाहकार २०१९-२०२१ को जिम्मेवारी सफलताका साथ पुरा गरिसकेका छन् ।

कर्म थलो अष्ट्रेलिया भएता पनि उनले नेपालसँगै प्रबासमा रहनु हुने नेपालीहरू मांझ छोडेको प्रभाब र सामाजिक अभियन्ताको रूपमा गरेका कामहरू प्रसस्त छन् । नेपाली चलचित्र निर्माण र प्रदर्शन मार्फत नेपाली भाषा र संस्कृतिको बारेमा बिदेशमा हुर्किरहेका दोस्रो पुस्तालाई अबगत गराउने मामिलामा अगाडि रहेका पोखरेल अन्तर्राष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष तथा हाल संरक्षक समेत हुन् ।

एन आर एन ए मार्फत नेपालमा लगानी भित्र्याउन तथा विभिन्न सामाजिक अभियानमा पोखरेलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update