NRN
लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । मङ्गलबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले गए राति १२ः०० बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य गरेका छन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले सरकारको सिफारिसमा चालु अधिवेशन अन्त्य गरेकाले प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यको जानकारीका लागि प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update