NRN
फिफा विश्वकप छनोट : ब्राजिल र अर्जेन्टिना विजयी

फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना र ब्राजिल विजयी भएका छन्। बोलिभियाको राजधानी लापाजमा बुधबार बिहान सम्पन्न भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-० ले र ब्राजिलले पेरुलाई १-० ले हराएको हो ।

कप्तान लियोनेल मेस्सी बिना नै मैदान उत्रिएको अर्जेन्टिनालाई यो पटक भने जित निकाल्न सहजै रह्यो ।

३१ औं मिनेटमा अर्जेन्टिनाले एन्जो फर्नान्डेजको गोलमा अग्रता बनाएको थियो । ४२औं मिनेटमा निको टाग्लियाफिकोले आफ्नो अन्तराष्ट्रिय क्यारियरको पहिलो गोल गर्दा अर्जेन्टिनाले अग्रता दोब्बर बनायो ।  यस्तै अर्जेन्टिनाले दोस्रो हाफमा पनि खेलमा आफ्नो प्रभुत्व जनाइरह्यो । खेलको ८३ औं मिनेट निको गोन्जालेजले गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे ।

त्यसैगरी, पेरुमा भएको खेलमा ब्राजिलको जितमा मार्किन्होसले खेलको अन्तिम ९० औं मिनेटमा गोल गरेका थिए।। 

छनोटको दुई चरणको खेल सकिँदा ब्राजिल ६ अंक सहित शीर्षस्थानमा छ। अर्जेन्टिनाको समान ६ अंक भएपनि गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ । कोलम्बियाको ४ अंक छ भने उरुग्वे र भेनेजुयलाको समान ३-३ अंक छ ।

छनोटमा ब्राजिल र अर्जेन्टिनाले लगातार दुई खेलमा जित निकालेका हुन्।
 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update