संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको शव यात्रा शुरू भएको छ । बिहान १० बजेदेखि अन्त्येष्टिका लागि बालुवाटारस्थित निजी निवासबाट शवयात्रासहित उनको पार्थिव शरीर पशुपतितर्फ लगिएको हो ।
सोमबार राति २ बजे ह्रृदयघातका कारण निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदैछ ।
बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न दलका नेताहरू पनि उपस्थित थिए भने शव यात्रामा नेकपा एमालेका नेता कार्यकर्ता, समर्थक शुभेच्छुक सहभागी छन् ।
बालुवाटारबाट टिचिङ अस्पताल, नारायणगोपाल चोक, धुम्वाराही, चाबहिल हुँदै पशुपतिसम्म शव यात्रा गरिने नेकपा एमालेले जनाएको छ ।
नेम्वाङको आजै राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदैछ । बालुवाटारमै सेनाले सलामी दिएको छ ।