NRN
अमेरिकी डलरको मूल्य बड्याे, कतिमा साटिन्छन् अन्य मुद्रा ?

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलरको मूल्य बढेको छ।

राष्ट्र बैंकका अनुसार अघिल्लो दिन अर्थात् बुधबारको तुलनामा १० पैसा बढेर आज डलर एकको खरिददर १३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०८ पैसा तोकिएको छ  भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ९१ पैसा र बिक्रीमा ८५ रुपैयाँ २९ पैसा काराेबार भइरहेकाे छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ६६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ११ पैसा पाइन्छ।

त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०६ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ २५ पैसा र बिक्रीमा १४२ रुपैयाँ ८९ पैसा पाइन्छ। 

आज बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ०२ पैसा तोकिएको छ भने बिहीबार युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०७ पैसा र बिक्रीमा ३६ रुपैयाँ २३ पैसा पाइन्छ।

मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ३१  पैसा र बिक्रीमा २८ रुपैयाँ ४४ पैसा पाइन्छ। कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ २५ पैसा र बिक्रीमा ४३१ रुपैयाँ २० पैसा पाइन्छ।

यस्तै, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४८ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५० पैसा पाइन्छ। 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update