NRN
एनआरएनए महिला सचिवमा हङकङकी राधिका गुरुङ( टीका)ले उम्मेदवारी दिने

- राजन घिमिरे

गैर आबासीय नेपाली संघको अभियानमा लामो समयदेखी मन, बचन र कर्मले लागि पर्दै आउँनु भएकी सामाजिक अभियन्ता हुन राधिका गुरुङ (टिका) ।

पदमा रहँदा होस् या नरहँदा नै किन नहोस् ? संघसँग जोडिएर होस् या ब्यक्तिगत तर्फबाट होस् , सामाजिक कार्यमा आबद्दता जनाउँदै आउँनु भएको छ । गैर आबासीय नेपाली संघको वर्तमान महिला सचिव गुरुङले संघको ११ औं महाधिवेसनमा पनि पुन: सचिव पदमा उम्मेदवारी दिने हुनु भएको छ -‘ सबैको साथ, सल्लाह र परामर्शका कारण नै मैले पुनः यो पदमा आउँने निर्णय गरेकी हुँ । पद भन्दा पनि संघ र उद्देश्यप्रति म पहिला जस्तै लागि पर्ने छु -‘ उहाँले भन्नु भयो ।

कर्म थलो हङकङ भएता पनि गुरुङले सामाजिक अभियान मार्फत आफ्नो उपस्थिति र साख बिस्वभर छरिएर रहनु भएका प्रबासी नेपालीहरू मांझ पुर्याउँनु भएको छ । उहाँ हङकङ सरकारबाट समेत पटक पटक सम्मानित भैसक्नु भएको छ ।

विगत २७ वर्षदेखि हङकङमा व्यवसाय तथा सामाजिक कार्यमा सक्रिय रहँदै आउँनु भएका राधिका गुरुङ (टिका) ले एनआरएनएमा जुझारू, कर्तब्यनिष्छ र शालिन सामाजिक अभियन्ताको रूपमा छबि बनाउँनु भएको छ एनआरएनए हङकङको नेतृत्वमा सम्हाल्दा उहाँले गर्नु भएको काम र पुरा गर्नु भएको कर्तब्यको आज पनि चर्चा हुने गरेको छ ।

उहाँ आफ्नो सक्रिएतामा सन् २०१८ मा पहिलो पटक हङकङमा एसिया प्यासिफिक रिजनल मिटिङ गराएर ३५ वटा राष्ट्रका एनआरएनए प्रतिनिधि, एनआरएनए अभियन्ता, अग्रजहरुको उपस्थितिमा ऐतिहासिक सम्मेलन गर्न सफल हुनु भयो ।

दोस्रो कार्यकालमा कोरोना महामारीको समयमा गुरुङले आफ्नो पहल कदमीमा नेपाल र नेपालीहरूका लागि गरेको कार्य, दिएको साथ र हातको सधै प्रशंसा हुने गरेको छ । सामाजिक कार्य गर्छु भनेर मैदानमा उत्रिएपछी दत्त चित्त भएर लाग्ने गजबको बानी र शैली छ राधिका गुरुङ( टिका ) को ।

उहाँको यही बिशेषता र शैली नै उहाँको लागि जितका कारणहरू हुने गरेको निष्कर्ष गैर आबासीय नेपाली सामाजिक अभियन्ताहरूको रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update