NRN
हेटौंडामा चिकित्सक कुटेका दुई जनाविरुद्ध किटानी जोहरी

हेटौंडामा चिकित्सक कुटेका दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जोहरी परेको छ ।

जिल्ला प्रहरी कार्यालयले उनीहरुमाथि कुटपिटको विषयमा मृतककै परिवारका सदस्यद्वय अनुप प्रधान र रोहित प्रधानविरुद्ध किटानी जाहेरी दर्ता भएको जानकारी दिएकाे हो ।

गत साउन २५ गते उक्त अस्पतालमा उपचारका लागि आएका ४१ वर्षीय राजेश प्रधानको मृत्युको विषयलाई लिएर चिकित्सकद्वय डा. विकास थापा र प्रशान्त विडारीमाथि आक्रमण भएको थियो ।

नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष अनुपविक्रम कार्कीले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन् । कुटपिटमा संलग्न सबैमाथि कारबाहीको माग गर्दै उनले सीसीटीभीमा देखिएका सबैलाई पक्राउ गर्न माग गरेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update