प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई निजामती कर्मचारीहरूले ‘सम्माननीय प्रधानमन्त्रीज्यू, नासुका आँसु देख्नु भएन?’ लेखिएको एसएमएस पठाएका छन्।
सरकारले संघीय निजामती सेवा विधेयक संसदमा दर्ता गर्न लागेकोले शुक्रबार प्रधानमन्त्रीलाई एसएमएस पठाइएको हो।
मन्त्रिपरिषदले पारित गरेको विधेयक सरकारले संघीय संसदमा पेश गर्ने तयारी गरेको छ। राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको पहलमा देशभरबाट कर्मचारीले विभिन्न माग राखेर एसएमएस पठाएका हुन्।
- एसएमएसको विवरण यस्तो छ :
‘माननीय मन्त्रीज्यू ?
नासुका आँसु’ देख्नु भएन ? तपाईँको ऐन हामीलाई स्वीकार्य छैन ?
पाँच वर्ष सेवा अवधि भएका कर्मचारीलाई १ तह र दश वर्षभन्दा बढी सेवा अवधि भएका कर्मचारीलाई २ तह वृद्धि गरियोस् ।
तोकिएको सेवा अवधि र शैक्षिक योग्यता भएका राजपत्र अनङ्कित कर्मचारीलाई सहसचिव (एघारौँ) र उपसचिव (नवौँ) तहको खुला प्रतिस्पर्धामा सहभागी हुन पाउने कानूनी व्यवस्था होस् ।
अधिकृत छैटौँ तहको पदपूर्तिमा ५० प्रतिशत खुला, ४० प्रतिशत बढुवा र १० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था होस् ।
सेवा प्रवेशको लागि चौथो, छैटौँ, नवौँ र एघारौँ तहलाई प्रवेश बिन्दु कायम गरियोस् ? सरुवा प्रणाली चक्रीय र पूर्वानुमान योग्य बनाइयोस् ।’