NRN
बजारमा राजको चर्चा, अभिनयसँगै अब निर्माणतिर पनि

- राजन घिमिरे

केही समय यता आएर नेपाली सिनेमामा राज कटुवालको माग ह्वात्तै बढ्न थालेको छ । कुनै सिनेमा बन्ने योजना बन्यो र चर्चा बाहिरियो भने त्यो चलचित्रमा राजको नाम र चर्चा शुरू भैहाल्छ ।

पछिल्लो समय म्यूजिक भिडियो र टेलि बिज्ञापनसँगै सिनेमामा पनि राज ब्यस्त हुन थालेका छन् । अभिनेता राज कटुवाललाई चिन्नेले मोडल तथा अभिनेताको रुपमा चिन्छन् । फिल्म ‘लीला’ र ‘लालटिन’मा आफ्नो अभिनय कला देखाइसकेका राज अब नायकबाट निर्माता बन्ने भएका छन् ।

राज चलचित्र विकास बोर्डका निवर्तमान सदस्यसमेत हुन् । यसै क्रममा राज चलचित्र ‘मायावी’ मार्फत् निर्माणमा पाइला चाल्न लागेका छन् । यो चलचित्रमा दिवाकर भट्टराईको निर्देशन रहनेछ । अभिनयसँगै चलचित्र निर्माणलाई पनि राज अब निरन्तर रूपमा अगाडि बढाउँने योजनामा रहेका छन् ।

प्रेमकथा रहने यो चलचित्रका लागि यसअघि नै मुख्य नायिकामा दीपिका प्रसाई र मुख्य नायकहरुमा पल शाह, सुशील सिटौला र मोडल समिम खान अनुबन्धित भइसकेका छन् सिने आर्टसले निर्माण गर्न लागेको चलचित्रका बाँकी कलाकार र प्राविधिकको सम्पूर्ण जानकारी दिर्दै निर्माणपक्ष असोज २ गतेबाट फ्लोरमा जाने तयारीमा रहेको छ ।

चलचित्रमा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको छायांकन रहने छ । फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने भएको छ । पोखराकै परिवेशमा रहेर यो फिल्मको कथा बुनिएको निर्माणपक्षले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update