आज एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका प्रतिस्पर्धा गर्दै छन् । नेपाली समयअनुसार अपराह्न सवा ३ बजे श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा उपाधिका लागि भारत र श्रीलंकाले प्रतिस्पर्धा गर्न लागेकाे हाे।
पाकिस्तान र बंगलादेशलाई हराउँदै सुपर फोरकाे फाइनलमा पुगेको श्रीलंका भारतसँग भने ४१ रनले पराजित भएको थियो। श्रीलंका र भारतको सुपर फोरमा ४-४ अंक थियो ।
भारतको रोहित शर्मा र श्रीलंकाको दासुन शानकाले कप्तानी गर्नेछन् ।
श्रीलंकाले २०२२ मा टि२० र भारतले २०१८ मा एकदिवसीय एसिया कप जितेका थिए । श्रीलंकाले सन् १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा उपाधि जितेको थियो । भारतले सन् १९८४, १९८८, १९९०/९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो ।
अघिल्लो वर्ष युएइमा पाकिस्तानलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो। कोलम्बोमा आज पानी पर्ने सम्भावना भने ८० प्रतिशत छ।