- राजन घिमिरे
अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा पर्ने ओरेन्ज क्षेत्रमा बसोबास गरिराख्नु भएका नेपालीहरुलाई एकिकृत गर्ने उदेश्यले ओरेन्ज नेप्लिज कम्यूनिटीको गठन गरिएको छ । सेप्टेम्बर १० तारिख आइतबार ओरेन्जमा सम्पन्न नेपालीहरुको भेलाले बिरेन्द्र मल्लको अध्यक्षतामा ओरेन्ज नेप्लिज कम्यूनिटी गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा अर्जुन पन्थ, महासचिबमा किरण पाण्डे, सचिबमा सुनिता सापकोटा, कोषाध्यक्षमा अमित थापा, सहकोषाध्यक्षमा अश्मा पौडेल रहनु भएको संस्थाले जनाएको छ ।
संस्थाका सदस्यहरुमा रुद्र घले, कविन्द्र खड्का, विमल कडेल, भुषण शर्मा, नरेश थापा, नारायण कंडेल, विजय थापा, बिमल शर्मा, अनुप गुरुङ र राजेश लामा चयन भएका छन् । भेलाले संस्थाको सल्लाहकारहरुमा डा.डिल्ली बञ्जाडे, यशोदा घर्ति दुलाल र गोपाल लामालाई चयन गरेको छ भने कानुनी सल्लाहकारमा कल्पित पराजुली रहेका छन् ।
संस्थाका अध्यक्ष बिरेन्द्र मल्लले सस्था ओरेन्ज क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको सहयोगी र परेको समयमा साथ र हात दिने भरपर्दो माध्यम भन्ने जानकारी दिए । लामो समयदेखी अष्ट्रेलियामा नेपाली सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्दै आएका मल्लले संस्थाले नेपाली - नेपाली जोड्ने र भाईचाराको सम्बन्ध बिस्तार गर्ने कार्यलाई अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।