NRN
बढ्याे सुन–चाँदीको मूल्य, ताेलाकाे कति ?

नेपाली बजारमा सुन–चाँदीको साताको पहिलो दिन अर्थात् आइतबारका लागि मूल्य सार्वजनिक भएकाे छ । सार्वजनिक गरेकाे मूल्य अनुसार सुन–चाँदीको नै मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन अर्थात् शुक्रबारकाे तुलनामा यस दिन प्रतितोला पाँच सय रुपैयाँ बढेर आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, अघिल्लो दिन अर्थात् शुक्रबारकाे तुलनामा यस दिन प्रतितोला ५ रुपैयाँ बढेर आइतबार प्रतितोला १४ सय रुपैयाँमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update