सुन तस्करी प्रकरणको मुद्दा आज दर्ता गरिँदै
६० किलो सुन तस्करी प्रकरणको मुद्दा दर्ता गरिने भएको छ । जिल्ला अदालत काठमाडौँमा आज उक्त प्रकरणको मुद्दा दर्ता गरिने भएको हो ।
सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यहीँ भदौ २८ गते बुझाएको थियो ।
त्यसको ठीक ४ दिनपछि अर्थात् आज जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गर्ने भएको छ । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
सीआईबीले पक्राउ गरेका २५ र फरार ४ गरी २९ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ । उक्त प्रकरणमा ८ चिनियाँसहित ३२ जना हिरासतमा छन् भने तीमध्ये ७ जनालाई मुद्दा नचलाउन सीआईबीले नै राय दिएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८० १२:४५
प्रतिक्रिया दिनुहोस्