६७ अर्ब ९५ करोडको भन्सार राजस्व साउन र भदौमा
भन्सार राजस्व उठेको भन्सार विभागले चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा महिनामा ६७ अर्ब ९५ करोड रूपैयाँको भन्सार राजस्व उठेको जानकारी दिएको छ।
विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष यी दुई महिनामा ६७ अर्ब १६ करोड रुपैयाँ भन्सार राजस्व उठेको थियो।
भन्सार विभागको लागि भदौ मसान्तसम्म ८९ अर्ब १० करोड रूपैयाँ राजस्वको लक्ष्य दिइएकोमा करिब २२ अर्ब कम राजस्व उठेको छ।
भन्सार अधिकारीहरूले गत वर्षको तुलनामा आयात घटेको छ तर करकार दरहरूमा गरिएको परिवर्तन र भ्याट छुटका सूची घटाइएका कारण राजस्व बढेको बताएका छन्।
प्रकाशित मिति: सोमबार, असोज १, २०८० १३:२६
प्रतिक्रिया दिनुहोस्