NRN
एनआरएनएको कोषाध्यक्षमा सुदन थापाले दिने भए उम्मेदवारी

- राजन घिमिरे

एनआरएनए अभियानमा लामो समयदेखी लागि पर्दै आएका यूबा हुन् सुदन थापा । बसाई जापान रहेता पनि उनले प्रबासी नेपालीहरू माझ राम्रै प्रभाब छाडेका छन् ।

सामाजिक अभियन्ताहरू माझ जुझारू, जाँगरिला र उच्च सोच अनि योजनाका उत्साही यूबाको रूपमा स्थापित सुदन यस पटक कोषाध्यक्ष पदमा आउँने भएका छन् -‘ अग्रज र समकालीनहरुको सल्लाह, हौशला अनि प्रेरणालाई आत्मसात गर्दै कोषाध्यक्ष पदमा उमेदवारी दिने निर्णय गरेको हुँ -‘ सुदनले भनेका छन् । 


सुदन एनआरएनए जापानका पूर्व अध्यक्ष हुन् । यो पदमा रहँदा उनले जापानमा छरिएर रहनु भएका प्रबासी नेपालीहरू लाई संगठित बनाउँन गरेको काम र योजनाको आज पनि चर्चा हुने गरेको छ । प्रशासनिक दक्षता र अनुभब उनको कमाई मानिन्छ -‘ जबसम्म संस्था आर्थिक रूपमा पारदर्शी हुँदैन, तबसम्म अगाडि बढ्न सक्दैन र त्यो संस्थाले बिस्वास जित्ननी सक्दैन । म मेरो कार्यकालमा संस्थालाई मेरो अधिकार र धर्मले भ्याएसम्म विवादरहित र पारदर्शी बनाउँने प्रतिबद्धता ब्यक्त गर्दछु -‘ उनको दाबी छ ।

उनी एनआरएनए आईसीसीको पूर्व युवा संयोजक पनि हुन्। संस्थामा बलियो र महत्वपूर्ण जिम्मेवारी पाएर र त्यसलाई सफलताका साथ निभाएको थापाले यूबा संयोजक हुँदा गरेको काम र निभाएको कर्तब्यको बारेमा जति चर्चा गरे पनि थोरै हुन्छ । उनि १६ बर्षदेखि जापानमा बस्दै आएका छन् ।

व्यापार ब्याबसायमा आबद्द उनि पदमा रहँदा होस् या नरहँदा नै किन नहोस् ? उनले सामाजिक कार्यको सक्रियतालाई निरन्तरता दिइ नै रहेका हुन्छन्। केही उम्मेदवारहरू जस्तो चुनाबको मुखमा आउँदा मात्र यसो गर्छु र उसो गर्छु भनेर चुनाबी कुरा गर्ने र गफ दिने काम कहिले पनि गरेनन् उनले ।

बिगतमा पनि संघ वा ब्यक्तिगत तर्फबाट सामाजिक अभियानमा जुटेका उनी आगामी दिनमा पनि सामाजिक अभियानमा दत्तचित्त भएर लागि पर्ने कुरा बताउँछन् ।

यस्तो छ थापाकाे घोषणा

'सम्पूर्ण महानुभाबहरूमा नमस्कार, नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा स्वदेश तथा विदेशमा रहँनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीहरूमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।'

यतिबेला गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अधिवेशनले एक खालको रौनक छाएको छ । अधिवेशन नजिकिँदै गर्दा उम्मेदवारी पनि घोषणा हुँदै आइरहेका छन्।
 बिगतका कार्यसमितिहरुप्रति आलोचनाबाट मात्र नभई अहिलेसम्म भए गरेका कृयाकलापहरुलाई सुदृढ गर्दै बर्तमान संक्रमणकालिन अबस्थामा संस्थालाई कृयाशिल, ब्यबस्थित र पारदर्शी बनाउन गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यसमिति भित्रै रहेर विश्वासका साथ काम गर्ने उदेश्यले कोषाध्यक्षमा मेरो उम्मेदवारी रहनेछ ।


यहाँहरुको आजसम्मको माया र भोलिको दिनमा मैले दिलाउन सक्ने विश्वासलाई साक्षी राखेर तपाईहरु बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजु, भाई, दिदि, बहिनी लगाएत इष्टमित्रहरूको साथ, सद्भाब र सहयोगको अपेक्षा गर्दछु ।


'निर्बाचन एउटा प्रक्रिया हो, यो अभियानमा मैले जित्नै पर्छ भन्ने ध्यय मसँग छैन यदि म भन्दा कृयाशिल अग्रजहरु पनि हुनुहुन्छ र यदी उहाँहरु आउनुहुन्छ भने पनि उहाँहरुमा मेरो उत्तिकै सम्मान रहनेछ।'

सुदन थापा, पुर्ब युवा संयोजक,
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद,
पूर्व अध्यक्ष एनआरएनए जापान
तथा
कोषाध्यक्ष उम्मेदवार,
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद
 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update