NRN
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण , कुन दुद्राकाे कति ?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ३१ पैसा र बिक्रीमा १४२ रुपैयाँ ९५ पैसा पाइन्छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६६ पैसामा काराेबार भइरहेकाे छ । 

त्यस्तै, आज डलर एकको खरिददर १३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५४ पैसा कायम गरिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ ९१ पैसा र बिक्रीमा ८६ रुपैयाँ ३० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९९ रुपैयाँ ४१ पैसा पाइन्छ।

त्यसैगरी, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६० पैसा तोकेको छ। कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६३ पैसा पाइन्छ। 

यस्तै, युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ३१ पैसा र बिक्रीमा २८ रुपैयाँ ४४ पैसा पाइन्छ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५४ रुपैयाँ २५ पैसा तोकिएको छ।बुधबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ५५ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ४९ पैसा पाइन्छ। 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update