NRN
ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले ऐजुकेसन फेयरको आयोजना गर्ने

- राजन घिमिरे

ऐजुकेसन एण्ड माइग्रेसन कर्नरको आयोजनामा ग्रायण्ड ऐजुकेसन फेयर २०२३ को आयोजना हुने भएको छ । फेयर माइग्रेसन कर्नरको केन्द्रीय कार्यालय काठमाण्डौको पुतली सडकमा हुने जानकारी दिइएको छ । सेप्टेम्बर २२ तारेख शुक्बारका दिन बिहान १० बजेदेखी ५ बजेसम्म आयोजना हुने बताईएको छ ।

लामो समयदेखी शैक्षिक परामर्शदाताको रूपमा बिशिष्ट पहिचान बनाउंदै अगाडि बढेको ऐजुकेसन एण्ड माइग्रेसन कर्नरको यो फेयरमा अष्ट्रेलिया, बेलायत, अमेरिका , र क्यानडा लगायतका मूलुकमा रहेका कलेज र यूनिभर्सिटीहरुको सहभागिता रहने भएको छ । उच्चशिक्षा हांसिल गर्न बिदेश जान चाहने बिध्यार्थीहरूका लागि यो फेयर लाभदायक हुने जानकारी दिइएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update