१९औं एसियाड महिला फुटबल : आज पहिलो खेल नेपाल भियतनामसँग खेल्दै
१९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दैछ । समूह ‘डी’ मा रहेको नेपाल र भियतनामबीचको खेल वेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समय अनुसार पौने १ बजे सुरु हुनेछ ।
रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपाली टोलीको मुख्य प्रशिक्षक भने बालगोपाल महर्जन छन् ।
चीनको हान्झाउमा शनिवार औपचारिक उद्घाटन हुने १९ औं एसियाड अन्तर्गत फुटबल, भलिबल र क्रिकेट खेलहरु यसअघि नै सुरु भइसकेका छन् । त्यसमा नेपालले आज महिला फुटबलमा प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपालले यसअघि भियतनामसँग दुई पटक खेलेको थियाे।
पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसिया छनोट अन्तर्गत घरेलु मैदानमा खेलेको दुवै खेलमा नेपाल भियतनामसँग पराजित भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८० १२:०५
प्रतिक्रिया दिनुहोस्