नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर निर्धारण गरेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३३ रुपैयाँ २५ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ २२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६७ पैसा साथै अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रूपैयाँ ०३ पैसा र बिक्रीमा ८५ रूपैयाँ ४१ पैसामा काराेबार भइरहेकाे छ ।
यस्तै, युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ २६ पैसा र बिक्रीमा १४१ रूपैयाँ ९० पैसा पाइन्छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रूपैयाँ १७ पैसा र बिक्रीदर १६३ रूपैयाँ ९० पैसा तोकिएको छ।
त्यसैगरी, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५२ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४० पैसा र बिक्रीमा ३६ रूपैयाँ ५७ पैसा पाइन्छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १२ पैसा र बिक्रीमा ३६ रूपैयाँ २८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ २७ पैसा र बिक्रीमा २८ रूपैयाँ ४० पैसा पाइन्छ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ८८ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ४८ पैसा तोकिएको छ।शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ३७ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ३१ पैसा पाइन्छ।