NRN
पोखराका विनोद बराल : जो  खाना पकाउदै र चखाउँदै बिश्व डुल्छन 
  •  राजन घिमिरे 

 खाना चखाउन र पकाउन कोही बिश्वभर पुग्छ भनेर सुन्दा झट्ट पत्याउन गार्हो हुन्छ, तर पोखराका बिनोद बरालको करियरमा भने यो कुनै आश्चर्यजनक कुरा होइन । उनी आज बेलायतमा छन् भने भोली अमेरिका पुगेका हुन्छन । आज कतारमा छन् भने केही घण्टाका लागि र अन्य मूलुक पुगेर खाना पकाउदै चखाउन दोडी हाल्छन् । मिठो र स्वादिलो खाना पकाउने अनि चखाउने कार्यमा बेलायत निबासी यी पोखरेली नेपाली बिनोद बराल एक दशक भन्दा अगाडिदेखी लागि परेका हुन तर, उनको क्षमता , दक्षताको चर्चा र वाहवाही भने हालै कतारमा सम्पन्न बिश्वकप २०२२ देखी चुलिएको हो । 

कतारमा सम्पन्न बिश्वकपमा बिनोद सबैभन्दा बढी व्यस्त देखिए । बिश्वकपको खेल नसिकिउन्जेलसम्म बिनोदको कामै कतारको  सेन्टर किचेनमा बसेर कुन खेल हेर्न कुन स्टेडियममा को-को अति विशिष्ठ पाहुनाको आगमन  भयो  र उनीहरुलाई के खुवाएर स्वागत गर्ने भन्ने थियो । बिनोदले त्यो अबधिभर ५५० जना भान्सेसहित एक हजार एकसय जना कर्मचारीको नेतृत्व गरेका थिए ।

उनले काठमाण्डौ बसाईमा पनि ठूला होइन सामान्य होटलमा पाईंने खानेकुरातिर ध्यान दिए । उनले भने ‘ सामान्य खानेकुराको महत्व र स्वादको बिशिष्टता नै बेग्लै हुन्छ

लण्डनमा कार्यरत र परिबारसहित बस्दै आएका बिनोद केही दिन अगाडि काठमाण्डौ आएका थिए । निकै सरल र सहज रूपमा प्रस्तुत हुने उनले काठमाण्डौ बसाईमा पनि ठूला होइन सामान्य होटलमा पाईंने खानेकुरातिर ध्यान दिए । उनले भने ‘ सामान्य खानेकुराको महत्व र स्वादको बिशिष्टता नै बेग्लै हुन्छ । फेरि नेपाली खानेकुरामा जस्तो बिबिधता अरूमा छैन । हामीले हाम्रो यही कुराको प्रचार गरेर बिश्वलाई नेपालसंग जोड्नु छ‘ । 

Binod 21673420598.jpg

 सेफ र खाद्य अनुसन्धानकर्ताको रूपमा पहिचान बनाएका विनोदले नेतृत्व गरेका टोलीले विश्वकप अबधिभर टर्कीका राष्ट्रपति रिसेप तैयब उर्दवान, प्रसिद्ध अमेरिकी अभिनेता मर्गन फ्रिम्यानदेखि फुटबलका बेताज बादशाह डेभिड वेकम लगायतका बिशिष्ट पाहुनाहरूलाई खाना खुवायो । ‘हाम्रो टोली विश्वकपका विशिष्ठ तथा अति विशिष्ठ पाहुनाहरूलाई के खुवाउने भन्ने मेनु तयार गर्नका लागि दुई महिना अगाडि नै कतार पुगेका थियो ।‘

 हुन त बिनोदले औपचारिक शिक्षा लिएर नै यो पेशामा आबद्दता जनाएका हुन ।‘ बिदेश जाँदै हुनुहुन्छ भने कुनै न कुनै सिप लिएर जानु होला । हातमा सिप भएपछि कतै गुमनाम भएर बस्नु पर्ने अबस्था हुँदैन ।‘ उनले आजका पुस्तालाई सुझाब दिएका छन । उसो भए कतारमा आयोजित बिश्वकपमा बिनोद र उनको समूह कसरी सलंग्न भयो त ? बिनोद भन्छन -‘ म अहिले इभेन्ट म्यानेजमेन्टसम्बन्धी मल्टिनेशनल कम्पनी गोर्मेट इन्टरटेन्टमेन्ट ग्रुप (डिएण्डको इन्टनेशनल) को रिसर्च एण्ड डेभेलपमेन्ट तथा इनोभेसन किचेन डिपार्टेमन्टको प्रमुख हुँ ।यो कम्पनीले नै विश्वकप फुटबल प्रतियोगिताका लागि खानासम्बन्धी अनुसन्धान गर्ने, मेनु तयार गर्ने र विशिष्ठ तथा अति विशिष्ठ पाहुनाहरूलाई खाना क्याटरिङ गर्ने काम पाएको छ । विनोद भन्छन्, ‘विश्वकप फुटबल २०२२ को पार्टनर कतार एयरलाइन्समा हाम्रो कम्पनीकै क्याटरिङ हुन्छ । त्यही नाताले हामी विश्वकप फुटबलसँग जोडिएका हौँ ।‘ 
  
   साउदी अरेबियाको राजपरिवार, टर्कीका राष्ट्रपति रिसेप तैयब उर्दवान, भारतका उपराष्ट्रपति जगदिप धनकर, प्रसिद्ध अमेरिकी अभिनेता मर्गन फ्रिम्यान, प्रख्यात फुटबलर डेभिड वेकम, आर्सनल क्लबका म्यानेजर आर्सी वाग्नरलगायतका विशिष्ठ व्यक्तिहरूले हामीले तयार गरेको खानाको उच्च प्रशंसा गरेपछि बिनोद यो क्षेत्रमा लाग्न र यो पेशालाई झनै बिस्तार गरेर अगाडि बढ्न आफूमा हौशला बृद्दी भएको कुरा बताउछन ।

 अन्तर्राष्ट्रिय परिकारको दुनियामा ‘मसला पण्डित’ भनेर चिनिने विनोदले लण्डनमा खोलेको रेष्टुरेन्ट मःमः एण्ड रोटी यतिबेला चर्चामा छ । बिनोद खानेकुरा र स्वादलाई भोक मेटाउने माध्यमको रूपमा मात्र बुझ्न नहुने तर्क राख्छन । उनले भने -‘ खानाले मानिस संस्कृति र देशहरू जोड्ने काम गर्छ । म नेपाललाई र बेलायत र अन्य देशहरूसँग नेपाली खाना, स्वाद र बिबिध परिकारहरूको  आधारमा जोड्न चाहन्छु-‘ उनले आफ्नो लक्ष्य सुनाए ।

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update