NRN
अबको एनआरएनए प्रबिधिमूलक एनआरएनए, यूवाहरूको हित र पक्षमा मेरो उम्मेदवारी : नारायण खड्का

- राजन घिमिरे

यूवाहरूको क्षमता, दक्षता र कर्मलाई उपल्ब्धिमूलक क्षेत्रमा लगाउनु पर्ने गजबको सोच र शैली बोकेका छन् इन्जीनियर नारायण खड्काले ।

लामो सनयदेखी जापानमा रहेता पनि उनि बिश्वमाझ छरिएर रहँनु भएका गैरआबासीय नेपाली अभियानमा लागि पर्दै आएका एनआरएनए अभियन्ताहरू माझ राम्रोसँग परिचित छन्। पदमा रहँदा होस् या नरहँदा नै किन नहोस् ? खड्काले सामाजिक अभियानमा आफ्नो उपस्थिति जनाउँदै आएका छन्।

यिनै जुझारूं, मिहेनती र कर्मशील यूवा नारायण खड्काले अब अक्टोवर १७-१९ मा हुन गैरहेको NRNA को ११ औं अधिवेशनमा Asia Pacific Region बाट एसिया प्रशान्त क्षेत्रीय युवा उपसंयोजक पदमा उम्मेदवारी दिने निर्णय गरेका छन्।

उनले भनेका छन् -‘ अग्रजहरुको सल्लाह र सुझाब बमोजिम नै यो अभियानमा सबै युवाहरुलाई जोड्ने उद्देश्यले मैले उमेदवारी दिने निर्णय गरेको हुँ । बिस्वास छ मेरो यो उद्देश्य र सोचमा सबै एनआरएनए अभियन्ताहरूबाट साथ समर्थन मिल्ने छ -‘ । उनले थपेका छन् -‘ अबको एनआरएनए प्राबिधिमूलक एनआरएनए । तपाईको बिश्वास मेरो प्रतिबद्धता-‘।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update