NRN
घट्यो अमेरिकी डलरसँगै युरो, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?

राष्ट्र बैंकले आइतबारको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बैंककाे अनुसार अघिल्लाे दिन अर्थात् शुक्रबारकाे तुलनामा २५ पैसा घटेर आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४० पैसा र बिक्रीदर १३३ रुपैयाँ कायम गरिएको छ भने युरोपियन युरो पनि अघिल्लो दिनको तुलनामा ४० पैसा घटेर आज युरो एकको खरिदमा आज १४० रुपैयाँ ८६ पैसा र बिक्रीमा १४१ रुपैयाँ ५० पैसामा काराेबार भइरहेकाे छ । 

त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रूपैयाँ ०७ पैसा र बिक्रीदर १६२ रूपैयाँ ८१ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा भने ८५ रुपैयाँ २८ पैसा र बिक्रीमा ८५ रुपैयाँ ६७ पैसा पाइन्छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ३७ पैसा र बिक्रीमा ९८ रुपैयाँ ८१ पैसा पाइन्छ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ३० पैसा र बिक्रीदर ३५ रुपैयाँ ४६ पैसा तोकेको छ। कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४८ पैसा पाइन्छ। 

आइतबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ३८ पैसा र बिक्रीमा ४३० रुपैयाँ ३२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ८१ पैसा तोकिएको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०५ पैसा र बिक्रीमा ३६ रुपैयाँ २१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ २५ पैसा र बिक्रीमा २८ रुपैयाँ ३७ पैसा पाइन्छ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update