NRN
राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरको दर्शन तथा विशेष पूजाअर्चना

आज राष्ट्रपति रामचन्द्र पौडेलले जानकी मन्दिरको दर्शन गरेका छन् ।

उनले आज बिहान जनकपुरस्थित जानकी मन्दिरको दर्शनकासाथै जानकी मन्दिरमा पूजाअर्चना र प्रसाद ग्रहण गरेका हुन् । उनीसँगै प्रथम महिला सविता पौडेलसमेत पूजामा सरिक भएकी थिइन् । राष्ट्रपति पौडेल करिब ४० मिनेट जानकी मन्दिरमा पूजा अर्चनामा सहभागी भएका थिए ।

उनलाई जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले पूजा अर्चना गराएका थिएइ । 

राष्ट्रपति पौडेलसँगै नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, पूर्वमन्त्री रामकृष्ण यादव थिए ।

आजै दिउँसो १ बजे नवनिर्मित महेन्द्रनारायण निधि मिथिला संस्कृति अध्ययन केन्द्रको भवनमा उनलाई जनकपुरधाम उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रमका साथै २३ वर्षको लामो प्रतिक्षापछि साे केन्द्रको राष्ट्रपति पौडेलले उद्घाटन गरेपछि सोही भवनको सभा हलमा उनलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

मैथिली भाषामा लेखिएको अभिनन्दन पत्रसहित उपमहानगरले राष्ट्रपति पौडेललाई अभिनन्दन गर्नुका साथै जानकी मन्दिरको प्रतिक उपहार प्रदान गर्नेछ । 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update