NRN
किन दिने भए अब्दुल वासीदले युवा उपाध्यक्ष पदमा उमेदवारी ?

- राजन घिमिरे

उमेर आफैँमा केही होइन । हुनु पर्यो त जोश, जांगर र केही गर्ने आत्मबल । उमेरले यूबा हुनेहरू सबैको उद्देश्य र केही गर्ने आँट अनि गन्तब्य तारिफ गर्न लायक कै हुन्छ भन्ने छैन । त्यसमाथि यूवा उमेर, जोश अनि उद्देश्य र केही गर्नै आँट पनि यूवा नै भयो भने सुनमा सुगन्ध हुने नै भयो ।

प्रसङ्ग र बिषय हाे एनआरएनएको चुनाबकाे । पछिल्लो समय एनआरएनएको चुनाबको माहौल तातीरहेको अबस्थामा विभिन्न पदमा उम्मेदवारी दिएर यसो गर्छु र उसो गर्छु भनेर आ-आफ्ना घोषणा पत्र सार्वजनिक गर्ने कार्यलाई पनि उम्मेदवारहरूले अगाडि बढाइरहेका छन् । कत्तिले पुरा हुने र गर्न सकिने प्रतिबद्धता ब्यक्त गरेका छन् भने धेरैको चुनाबी आकर्षण मात्र पनि देखिएको छ । तर यो यात्रामा गर्न सकिने, क्षमता र दक्षताको आधारमा पुरा हुने अनि गफ मात्र होइन कि काम र उद्देश्य पनि सकारात्मक रूपले अगाडि बढाउँन सकिन्छ भन्ने उचो र बलियो आत्मबल बोकेर चुनाबी मैदानमा होमिएका यूवा हुन् अब्दुल वासिद ।

उनी उमेरले मात्र यूवा छैनन, उनले यूवाहरूकै लागि केही गर्ने हुटहुटी अनि उनिहरूको सिप र क्षमतालाई मध्यनजर गर्दै लगानीका विविध स्रोतहरू खोजेर यूवाहरूलाई समेट्ने गजबको सोच र योजनालाई सार्बजनिक गरिसकेका छन् । चुनाबमा उठ्नको लागि मात्र अब्दुलले योजना ल्याएका होइनन्, उनि पहिला देखिनै यूवा केन्द्रित माहौल र ब्यापार ब्याबसायमा आबद्द हुंदै अगाडि बढेका यूवा हुन् । त्यसैले त एनआरएनएको युवा उपाध्यक्ष पदका उमेदवार अब्दुलको यो उम्मेदवारीलाई लिएर -‘ सही ब्यक्ति सही पद -‘ को रूपमा चर्चा गर्न थालिएको छ ।

उनले शुरूमा नै युवाहरुका लागि १ करोडको कोष स्थापना गर्ने योजनाकाे घोषणा गरेपछी एनआरएनए अभियन्ताहरूबीच तरङ्ग नै पैदा भएको छ । । गैर आवासीय नेपाली संघ एनआरएनएका वर्तमान युवा संयोजक वासीदले युवाहरुका लागि एनआरएनए स्पोर्टस् एकेडेमीका निमित्त व्यक्तिगत ५ लाखबाट सुरुवात गरेर आफ्नो कार्यकालमा १ करोडको कोष खडा गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन् । उनले बुझेका छन् कि -‘ देश समृद्ध बनाउन र एनआरएनए अभियान सफल बनाउन युवाहरुका विषेश योजना ल्याउन अत्यावश्यक छ -‘ ।

उनी लामो समयदेखी कतारमा रहेर बिभिन्न ब्यापार ब्याबसायमा आबद्दता जनाउँदै आएका प्रबासी नेपाली हुन् । यूवाको सोच, उद्देश्य र उनिहरूको चाहलाई नजिकबाट चिनेका र बुझेका यूवा हुन् उनि । सर्पको खुट्टा सर्पले देख्छ भने जस्तै यूवाको मन र भावनालाई बुझेका उनले यूवाको सिप, दक्षता र क्षमतालाई उजागर गर्नु पर्ने उद्देश्य सहित एनआरएनए युवा उपाध्यक्ष पदका उमेदवार दिने जून निर्णय गरे, त्यसलाई स्वागतयोग्य रूपमा हेरिएको छ । यसैबीच नेपालमै पहिलोपटक बेलाको ब्राण्डका सामाग्रीहरु भित्राएर नेपालको अर्थतन्त्र चलायमान बनाउन उनले जून योगदान दिएका छन्, यसबाट के बुझिन्छ भने वासिदले कुरा मात्र होइन काम पनि गरेका छन् र, कामलाई झनै बिस्तार गर्ने योजनाका साथ अगाडि बढेका छन् भन्दा धक मानिरहनु पर्दैन ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update