आजदेखि नेकपा एमालेको बागमती प्रदेश कमिटीको अधिवेशनको बन्दसत्र सुरु हुने भएको छ। प्रदेश अधिवेशनको सोमबार काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन गरिएको थियो।
प्रदेश अधिवेशनको बन्दसत्र प्रज्ञा प्रतिष्ठानको हल, कमलादीमा हुने बताइएको छ। बन्दसत्रमा हाल रहेको कमिटीका तर्फबाट राजनीतिक र सांगठनिक प्रतिवेदन पेस हुने बताइएको छ।
अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट १ हजार १३८ प्रतिनिधि छनोट भएर आएका छन्। आज हुने बन्द सत्रमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिने र सहमति हुनै नसकेको अवस्थामा मात्रै भोलि निर्वाचन गर्ने बागमति प्रदेश इन्चार्ज गुरु बरालले जानकारी दिए।
अध्यक्षका लागि केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, वर्तमान प्रदेश अध्यक्ष केशवराज पाण्डे, पूर्वसांसद कृष्णभक्त पोखरेललगायतका नेताहरुले दाबी गरेका छन्।