NRN
सचिब पदमा भिम केसी कमलले दिने भए उम्मेदवारी ॥ सबैको साथ र समर्थन मिल्ने बिश्वास…॥

- राजन घिमिरे

विशेष गरेर यूरोपमा रहने प्रबासी नेपालीहरू माँझ भिम केसी कमलले आफ्नै पहिचान बनाएका छन् । लामो समयदेखी यूरोपको पोर्चुगललाई कर्मक्षेत्र बनाएका भिम सामाजिक अभियन्ता हुन् भने प्रबासी नेपालीहरूका लागि सहयोगी र मनकारी प्रबासी नेपाली हुन् ।

प्रबासमा रहेर पनि प्रबासी नेपाली, नेपाल र नेपालमा रहेका नेपालीहरूलाई साथ र सहयोग गर्दै आएका भिमले यसपटक गैर आबासीय नेपाली संघको केन्द्रीय निर्वाचनका लागि पोर्चुगलबाट २०२३ - २०२५ का लागि सचिब पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । गैर आबासीय नेपाली संघका लागि उनी नयाँ र नौलो ब्यक्ति होइनन् ।

भिम यो सस्थासँग बितेको डेढ दशकभन्दा लामो समयदेखी हातेमालो गर्दै साथमा साथ र काँधमा काँध मिलाएर अगाडि बढेका सामाजिक अभियन्ता हुन् । उनले यसअघि एनआरएनए पोर्चुगलको उपाध्यक्ष, अध्यक्ष तथा सल्लाहकार रहेर काम गरिसकेका छन् -‘ यस्ता अनुभवी र मनकारी अनि समाजका लागि केही गरौँ भन्ने सोचका उमेदवारलाई जिताउँनु पर्छ -‘ यूरोपमा रहनु लगायतका गैर आबासीय नेपालीहरूको भनाई छ ।

युरोपमा रहेका प्रबासी नेपालीहरूको हक-हितका लागि मात्र होइन कि उनीहरूको आवाजलाई स्थानिय सरकारसम्म पुर्याएर परिणाम निकाल्ने मामिलामा केसीले खेलेको भूमिकाको आज पनि पोर्चुगल र यूरोपका नेपालीहरूले बिर्सिएका छैनन् । नेपालीले पाएको दुख अनि उनीहरूले पाउँनु पर्ने हकका लागि कानुनी रूपमा आवाज बुलन्द पार्न सक्ने केसीको क्षमता, दक्षता र शाहसको तारिफ गर्ने पर्छ ।

पोर्चुगलमा पर्यटन, ट्रान्सपोर्ट र रेष्टुरेण्ट व्यवसाय सञ्चालन गर्दै आएका केसी बाग्लुङ्गमा जन्मिएका हुन् भने नेपाल रहँदा शिक्षण जस्तो गरिमामय पेशामा आबद्द थिए । बिगतमा नै सम्मानित पेशा अपनाएका कारण पनि केसी आज पोर्चुगल र यूरोपमा भद्र, शालिन र सभ्य प्रबासी सामाजिक अभियानमा दत्तचित्त भएर लाग्ने नेपालीका रूपमा चिनिन्छन् ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update