NRN
‘चौथोे राष्ट्रिय शिखर कृषि अवार्ड-२०२३’ काे उत्कृष्ट दश सार्वजनिक, काे-काे छन् त नोमिनेशनमा ?

‘चौथोे राष्ट्रिय शिखर कृषि अवार्ड-२०२३’ को विभिन्न दश विधामा नोमिनेशन सार्वजनिक गरिएको छ ।

काठमाडौंमा एक कार्यक्रमबीच मंगलबार पशुपालन, पक्षी पालन, फलफूल उत्पादन, तरकारी उत्पादन, माछा तथा मौरी पालन, दूध उत्पादन (डेरी), नर्सरी तथा पुष्प व्यवसाय, कृषि वस्तु तथा आहार उत्पादन र कृषि सहकारी तथा एग्रो इको टुरिजम लगायतका क्षेत्र समेटेर शिखर नेपाल प्रालिको उत्कृष्ट दश नोमिनेशन सार्वजनिक गरिएकाे हो ।

कृषि तथा व्यवसाय प्रवद्र्धनको लागि ‘शिखर नेपालको अन्तर्राष्ट्रिय अभियान कर्मशील कृर्षकहरूको सम्मान’ भन्ने उद्घोषका साथ कार्यक्रम तयारी गरिएको छ भने अवार्ड क्यानडामा प्रदान गरीने पनि बताइएको छ ।

शिखर नेपालका अध्यक्ष शेखर खनालले कृषि मन्त्रालय तथा सम्बन्धित निकायका विज्ञसँगको परामर्शमा विभिन्न उत्पादन क्षेत्रका १० जना उत्कृष्ट किसान छनौट गर्ने कार्य पनि भइरहेको जानकारी दिनुभएको छ। उहाँले भन्नुभयो, ‘अहिले हामी उत्कृष्ट १० किसान छनौट गर्ने प्रक्रियामा छौं’  छनौट भइसकेपछि उहाँलाई छिट्टै क्यानडा लगेर विशेष कार्यक्रमगरी अवार्ड वितरण गर्नेछौं ।’

अवार्डको छनौट निर्णायक मण्डलमा वरिष्ठ कृषि इन्जिनियर डा.जित चन्द, कृषि वैज्ञानिक डा.शिवकुमार झा, वरिष्ठ पशुविज्ञ डा.रामकुमार कार्की, प्राविधिक विज्ञ रवि अर्याल र वरिष्ठ पत्रकार कृष्णप्रसाद भुसाल रहनुभएको छ ।

कार्यक्रममा वरिष्ठ कृषि इन्जिनियर डा.जित चन्दले कृर्षकलाई उत्पादनमा प्रोत्साहन गर्न शिखर नेपालले विगतदेखि नै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको स्मरण गराउँदै क्यानडामा गरिने अवार्ड कार्यक्रमले किसानलाई उत्साहित पार्ने बताउनुभयो । कृषि इन्जिनियर चन्दले ‘सरकारले गर्नुपर्ने कार्यक्रम शिखर नेपालले गर्न लागेको’ भन्दै खुशी व्यक्त गर्नुभयो । यसमा सरकारले समेत सहकार्य तथा सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।

चौथो अन्तर्राष्ट्रिय शिखर कृषि अवार्ड-२०२३’ उत्कृष्ट दशमा पर्न सफलमा पशुपालनबाट आरुबोटे कृषि फार्म, बिनिता एग्रो, दनाइ गाई पालन फार्म, लेकाली व्यावसायिक बाख्रा पालन तथा दाना उद्योग, एस.एस.जे.जे.एग्रो, शिव चौर पशुपक्षी तथा कृषि फार्म, सुर्खेत एग्रिकल्चर, बागमती गट्स एण्ड सिड्स, कैलाश क्याटल फुड इन्डष्ट्रि र कामधेनु गाई फार्म छन् ।

पन्छिपालनमा बाग्लुङग काली पोल्ट्री फार्म, दाउन्ने एग्रो फार्म प्रालि, कँडेल पोल्ट्री एण्ड एग्रो रिसर्च फार्म प्रालि, कालिका पोल्ट्री ब्लिडिङ प्रा.लि., कुशल पोल्ट्री एण्ड फार्म, रिभाश पोल्ट्री फार्म, देबचुली पोल्ट्री बिल्डिङ, बि.एण्ड एस. ट्रेर्डस र बिदुर कुखुरा पालन उद्योग रहेका छन् ।

यस्तै, फलफूल उत्पादनमा एग्रो मनाङ, बनाना एग्रो रिर्सोट तथा रेस्टुरेन्ट, सप्तभूमि एग्रो फार्म तथा रिसर्च सेन्टर, गुठी चौर एग्रो प्रालि, काशिखण्ड ड्रागन एग्रिकल्चर फार्म, दधिपुर फलफूल तथा कृषि फार्म, मोक्तान मल्टि प्रपोज एग्रो फार्म, बदमाया कृषि तथा फलफूल फार्म छन् ।

यसैगरी, तरकारी उप्पादनमा प्रकाश गंगा एग्रो फार्म प्रालि, सहारा कृषि तथा पशुपक्षी फार्म, एग्रो नारायणी फार्म, कालिका एग्रो फार्म प्रालि, धनेश्वर कृषि फार्म, हिमालयन गोरखा एग्रो फार्म प्रालि, हिमाली पोटाटो रिसर्च एण्ड डेभलोपमेन्ट सेन्टर र हिमाल एग्रो रहेका छन् ।

त्यस्तै, माछा तथा मौरी उत्पादनमा रेन्बो ट्राउट फार्म, गण्डकी ट्राउट फार्म, सुलभ मत्स्य प्रजनन् केन्द्र, अन्नपूर्ण मत्स्य हृयाचरी तथा एकिकृत कृषि फार्म, सूर्य एग्रिकल्चर, बोधबन माछा फार्म, त्रिशूल मौरी पालन उद्योग र शान्ति उन्नत पशुपालन तथा माछा फार्म छन् ।

दुग्धजन्य पदार्थ (डेरी)मा ब्ल्याक आर्किड एग्रो फार्म, हेम्जा गाई फार्म, श्रीभागवती दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, गढी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, प्रशंसा कृषि तथा पशुपालन फार्म, भट्टराई गाई फार्म, सारदा सिर्जनशील गाई फार्म, गोर्खाली गाई फार्म र महाँकाल डेरी उद्योग छन् । 

त्यसैगरी, नर्सरी तथा पुष्प व्यवशायमा आइरिस गार्डेन एण्ड एड्भरटाइजिङ्ग सर्भीस प्रालि, ब्लु ओशियन एग्रो फार्म, एभरेष्ट फ्लावर, कान्तिपुर नर्सरी, काठमाडौ नर्सरी, मोर्डन नर्सरी, माउण्टेन मल्टीप्रपोज प्रालि र नेपाल फ्लावर एण्ड डेकोर प्रालि छन् ।

त्यस्तै, कृषि वस्तु तथा पशु आहार उत्पादनमा कुशल पोल्ट्री फार्म, चौधरी कृषि फार्म, किसान दाना उद्योग, प्रोगेशिभ क्याटल फार्मिङ, शिला भैरब कृषि तथा पशुपक्षी फार्म, हाइजिन प्रालि, खरेल कृषि तथा पशु फार्म, विश्वकर्मा कृषि तथा पशुपक्षी फार्म, श्रीसुजल कृषि तथा पशुपक्षी फार्म र आर.पि. एग्रो रहेका छन् ।

यसैगरी, कृषि सहकारी तथा एग्रो इको टुरिजममा पाचखाल टप अर्गानिक फुडल्यण्ड विथ होम स्टे, न्यू टेक फार्म हाउस, हाम्रो टप टाउन कृषि फार्म हाउस, मधुमल्ला एग्रो फार्म हाउस रिसोर्ट प्रालि, उर्लाबारी वारिष्ठ एकेडेमी, कुशवहा बिज भण्डार एण्ड सिड्स अर्गानिक फटिलाईजार प्रोडक्ट, राइनो कुञ्ज कृषि तथा सहकारी संस्था लिमिटेड, अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था, श्रीजीवन साहरा कृषि सहकारी संस्था लिमिटेड र एभरेष्ट एग्रो टुरिजम एण्ड डेभलोपमेन्ट प्रा.लि. रहेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update