NRN
युरोपको युवा संयोजकमा भण्डारीले दिने भए उम्मेदवारी

- राजन घिमिरे

उनी आफै यूवा हुन् । प्रबासका यूवाका पिडा, लक्ष्य अनि उनिहरूले हात पारेका सफलता र असफलताको बारेमा निकै बिज्ञ छन् उनि । उनि अर्थात् प्रकाश भण्डारी । जो माल्टामा रहेर यूवा केन्द्रित ब्यापार ब्याबसाय गर्दै आइरहेका छन् ।

प्रबासमा रहेका यूवाहरूलाई साथ अनि हात दिंदै आएका भण्डारी आफ्नो पहिचान अनुरूप नै उमेदवारी दिने कार्यमा लागि परेका छन् -‘ प्रबासका नेपाली यूवाहरूको पिडा र दु:खलाई मलहम लगाएर उनिहरूको सफल जिवन अनि यात्राका लागि केही गर्नु नै मेरो लक्ष्य हो -‘ भण्डारीले भनेका छन् । अन्तत: यसैबीच गैर आबासीय नेपाली संघ युरोपको युवा संयोजकमा प्रकाश भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् ।

माल्टामा व्यवसाय गरिरहेका भण्डारीले संघको आगामी अक्टोबरमा काठमाडौंमा हुने ११ औ महाधिवेशनमा युरोपको युवा संयोजकमा उमेदवारी दिने घोषणा गरेका हुन् । प्रबासमा नेपालीहरूलाई जुटाउँने र उनिहरूको हक हितका लागि आबाज उठाउँने कार्यमा प्रकाश सधै अगाडि नै रहे । उनले माल्टामा गैर आबासीय नेपाली संघको स्थापना गर्न जून महत्वपूर्ण भूमिका खेले , त्यो निकै सह्रानीय रह्यो । प्रकाश एनआरएनए माल्टामा उपाध्यक्षसमेत भइसकेका छन् ।

प्रकाशले माल्टा सरकार समक्ष नेपाल र नेपालीलाई चिनाउँने जून कार्य गर्दै आएका छन् , त्यसको जति प्रशंसा गरे पनि कम हुन्छ । उनी हाल नेपाल माल्टा च्यारिटी एसोसिएसनको अध्यक्ष छन् ।

उनी विगत ९ वर्षदेखि माल्टालाई कर्मथलो बनाई विभिन्न सामाजिक संस्थाहरुमा आबद्ध भई माल्टाबासी नेपालीहरुको हक हितको लागि सामाजिक कार्य गर्दै आएका छन् । भण्डारीले संघको साधारण सदस्यदेखि एनआरएनए माल्टाको उपाध्यक्षसमेत भएर केन्द्री नेतृत्वसँग सहकार्य गरेर काम गरिसकेका छन् ।

उनले सबै अभियन्तालाई मिलाएर एकीकृत एनआरएनए बनाउनुपर्ने जनाउँदै युवाहरुलाई यस अभियानमा जोड्ने बताएका छन् । उनी भन्छन् -‘ विश्वमा सबैभन्दा ठूलो नेपाली सञ्जालमा फैलिएको एनआरएनएलाई संस्थागत विकास र संस्थाको मर्म र भावनाअनुरुप व्यक्तित्व विकाससमेत आवश्यक छ, प्रबासमा हुर्किरहेका दोस्रो पुस्तालाई नेपालको पुस्तासँग जोडेर नेपाल र नेपालीको बृहत्तर बिकास नै मेरो चुनाबी ऐजेण्डा र लक्ष्य हो ।'

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update