NRN
सात वर्षपछि पाकिस्तानी पुरूष क्रिकेट टिम पुग्यो भारत

सात वर्षपछि पाकिस्तानी पुरूष क्रिकेट टिम बुधबार भारत पुगेको छ। सात वर्षपछि एक दिवसीय विश्वकप खेल्न कप्तान बाबर आजमको नेतृत्वमा पाकिस्तानी क्रिकेट टोली हैदरावाद पुगेका हुन्।

यसबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले मङ्गलबार सूचना सार्वजनिक गरेको छ। 

पाकिस्तानी क्रिकेट बोर्डले हैदरावादमा पाकिस्तानी क्रिकेट टिमको न्यानो स्वागत भएपछि आफ्नो टिमको विमानस्थलदेखि होटलसम्म भएको स्वागतको भिडिओ सामाजिक सञ्जाल एक्समा पोष्ट गरेको छ।

पाकिस्तानले यसअघि सन् २०१६ मा टी-२० विश्वकप भारतमा खेलेको थियो।

भारतमा हुने यसपालिको विश्वकप क्रिकेट प्रतियोगिता ५ अक्टोबरमा सुरू भएर १९ नोभेम्बरमा सकिने छ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update