नेपाल सुनचाँदी व्यवसायी महासंघ साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबारका लागि नेपाली बजारमा सुन-चाँदीको मूल्य सार्वजनिक गरेकाे छ ।
महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको सुन प्रतितोला आठ सय रुपैयाँ घटेर आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ।
बिहीबार प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।