- राजन घिमिरे
पछिल्लो समय उच्च शिक्षा प्राप्त गर्न बिदेश जाने नेपाली विद्यार्थीहरूको संख्यामा बढोत्तरी आउन थालेको छ । राम्रो शैक्षिक परामर्शदाताबाट राम्रो ज्ञान र जानकारी पाउन सकियो भने अध्ययन गर्न बिदेश जाँदा पनि सहज हुने कुराको अब जानकारी पनि गराई रहनु पर्ने अबस्था छैन ।
यसै क्रममा लामो समयदेखी विद्यार्थीहरूको बिश्वास जित्दै आइरहेको शैक्षिक परामर्शदाता कोस्टलाइनले यतिबेला आफ्नो उपस्थिति विद्यार्थीहरू माझ झनै बलियो बनाई रहेको छ । उच्च शिक्षा हाँसिल गर्न अष्ट्रेलिया, अमेरिका, क्यानडा र यू के जान चाहने विद्यार्थीहरूको भरपर्दो र बिश्वासिलो शैक्षिक परामर्शदाताको रूपमा स्थापित कोस्टलाईन ऐजुकेसन एण्ड भिसा सर्भिसेसप्रति विद्यार्थीहरूको बिश्वास बढ्नुमा संस्थाको इमान्दारितालाई मुख्य कारक मानिएको छ -‘ हामी विद्यार्थीहरू बटुल्न सस्तो चर्चा र लोभ देखाउँदैनौ । वास्तविकता बताउनु नै हाम्रो बिशेषता हो -‘ संस्थाका प्रबन्ध निर्देशक सगुन श्रेष्ठ भन्छन् ।
सम्बन्धित बिषयका ज्ञाताले सम्बन्धित देशको कलेज र यूनिवर्सिटीका बारेमा यथेष्ट जानकारी दिन सक्नुलाई पनि कोस्टलाईनको अर्को बलियो पक्ष हो । विद्यार्थीहरू पठाउने देशका नाम चलेका र स्थापित कलेज अनि यूनिर्भसिटीसँग यो संस्था आबद्द हुनुले पनि विद्यार्थीहरूले भनेको ठाउँमा पढ्न पाउने अबसर पाएको देखिन्छ । हरेक देशका अनुभवी शिक्षकहरूसँग नजिक भएर विद्यार्थीहरूलाई एक एक गरेर परामर्श दिने मामिलामा पनि काठमाण्डौँको बागबजारमा रहेको कोस्टलाईन अगाडि रहेको पाईएको छ ।
सन् २०१५ देखी आफ्नो यात्रा शुरू गरेको यो संस्था मार्फत आजसम्म दुई हजारभन्दा बढी विद्यार्थीहरू उच्चशिक्षा हाँसिल गर्न बिभिन्न देशहरू पुगि सकेका छन् ।